You are viewing the translated version of प्रदेशमा दर्ता भएका उद्योगमा विदेशी लगानी.
Rule 24
प्रदेशमा दर्ता भएका उद्योगमा विदेशी लगानी
(१) प्रचलित सङ्घीय वा प्रदेश कानून बमोजिम प्रदेशमा दर्ता भएको उद्योगले विदेशी लगानीको लागि स्वीकृति लिन चाहेमा त्यस्तो उद्योगको दर्ता प्रमाणपत्र, विदेशी लगानी स्वीकृतिको लागि प्रदेश सरकारको सम्बन्धित मन्त्रालयको सिफारिसपत्र र नियम ८ मा उल्लिखित विवरण तथा कागजात सहित विभागसमक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर विभागले ऐन तथा यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी निवेदकलाई विदेशी लगानीको स्वीकृति प्रदान गर्नेछ।
२५, अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ।